पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने ७२ वर्षीय वृद्ध पक्राउ
प्रकासित मिति : २५ श्रावण २०७८, सोमबार
प्रकासित समय : १८:३८
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिकामा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७२ वर्षीय लेखनाथ खनाल पक्राउ परेका छन्।
मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा पक्राउ परेका वृद्धलाई जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरिएको डिएसपी प्रकाश दाहालले बताए।
पीडित बालिकाले आमालाई घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी गरेकी थिईन्। प्रहरीले साउन २४ गते उनलाई पक्राउ गरेको थियो।
सोमबार गोरखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।