तोडफोड गरे नेविसंघ र अखिल क्रान्तिकारीले लुम्बिनी वाणिज्य क्याम्पस

काठमाडौँ । नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड गरेका छन्। आज बिहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेतारकार्यकर्ताले क्याम्पस तोडफोड गरेका हुन् ।

 

नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ।

 

क्याम्पसमा अखिल (क्रान्तिकारी) , नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।

 

नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दबाब दिइरहेका छन्।