बाजुरालाई बाढी-पहिरो क्षेत्र घोषण गर्न सांसद थापाको माग

 

काठमाडौँ । संघीय सांसद लाल बहादुर थापाले बाजुरा जिल्लालाई बाढी-पहिरो क्षेत्र घोषण गर्न सरकारसँग माग गरेका छन् । आज प्रतिनिधिसभामा बोल्दै उनले सरकारसँग सो कुराको माग गरेका हुन् ।

 

साथै, सांसद थापाले बाजुरा जिल्लामा बाढी-पीडित जनतालाई एकिकृत बस्तिमा स्थान्तरणा गर्न माग पनि गरेका थिए ।

 

वर्षेनी बाजुरा बाढि -पहिरोको जोखिममा पर्दै आएको छ । तर अहिले सम्म सो क्षेत्रमा  सरकारको ध्यान पुन्न सकेको छैन ।

 

वर्षायमा कुनै कामको लागि सदरमुकाम जान कम्तिमा तीन दिन लाग्ने गरेको गुनासो स्थानियहरूले गर्दै आएका छन् । त्यहाँका नागरिकहरू रातदिन दुःखमा बसि रहेको अवस्था छ  ।