सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा

 

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो ।

 

नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ । त्यसो त यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

 

मंगलबार ठूलो उछाल आएको बजारमा व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै जसो उपसमूहहरुले धनात्मक हुँदा अधिकतम झण्डै १८ अर्बको कारोबार भएको छ ।

 

नेप्सेका अनुसार यसदिन कुन २२५ कम्पनीका ३ करोड ३५ लाख कित्ता माथिको सेयर १ लाख ६३ हजार बढी पटक किनबेच हुँदा कुल १७ अर्ब ८४ करोड ६१ लाखको कारोबार भएको छ ।