सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८ सय रुपैयाँमा आइपुगेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजावी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

 

मंगलबार ८८ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बधबार चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।