वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडाैँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा परेक मारेको छ ।

 

स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारेको ।

 

प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् । यही विषयमा लामो समयदेखि आन्दोलन पनि जारी छ। प्रतिष्ठानमा भएका अनियमितताबारे अख्तियारमा उजुरीका चाङ नै छ।

 

खासगरी स्वास्थ्य उपकरणदेखि प्रतिष्ठानमा चाहिने सामग्रीहरु खरीदमा अनियमितता भएको आरोप आन्दोलनकारीले लगाउँदै आएका छन्। त्यसो त विभिन्न समयमा गठित छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेका थिए। तर, ती प्रतिवेदनहरु थन्केको थन्क्यै भएका छन्।