कैलालीमा आठ जना जुवाडे पक्राउ

काठमाडौँ । कैलाली प्रहरीले आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

 

बिहीबार साँझ गोदावरी नगरपालिका १ स्थित मनहराबाट प्रहरीले स्थानीय खडक खडका, गणेश मडै, कृष्ण बहादुर बिष्ट, दुर्गा दत्त भट्ट, एकेन्द्र देउवा, प्रदीप पन्त, दिर्घराज अवस्थी र महेन्द्र थापालाई पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुका अनुसार गणेश मडैको पसल कोठामा जुवा तास खेली रहेको भन्ने सुचना आधारमा प्रहरी छापा मार्न पुगेको थियो । उनीहरुको साथबाट ५४ हजार ७४० रुपैयाँ नगद र ७ गड्डी तास समेत बरामद गरेर थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।