मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् ।

 

दुवै जनाले आफ्नै घर अगाडिको खाली जग्गामा मोटरसाइकल लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

 

उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एकरएक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको उनले जानकारी दिए ।