सरकारले बालबालिकाका लागि ४० लाख खोप किन्ने गर्‍यो सम्झौता

काठमाडौं । सरकारले बालबालिका तथा किशोर किशोरीका लागि मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि यो खोप मार्च २०२२ सम्म नेपाल आइपुग्नेछ ।

 

यो खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई खोपको विकल्प विस्तार गर्न मद्दत गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

 

 

विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो।