देशभर थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
प्रकासित मिति : २९ श्रावण २०७८, शुक्रबार
प्रकासित समय : १७:१८
काठमाडौं । शुक्रबार देशभर थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।