ग्याष्ट्रिकको समस्या छ,यी कुराहरुमा ध्यान दिनुहोस्

काठमाडौं। हामी जो कोहीलाई पनि ग्याष्ट्रिक हुन सक्छ । पछिल्लो समय ग्याष्ट्रिक आम समस्या नै बनिसकेको छ । यदि तपार्इंलाई पनि ग्याष्ट्रिक सताएर हैरान हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस् ।

 

 

कागती पानी-पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन।

 

 

कार्बोहाइड्रेट कम खाने-पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्ने।

 

 

दूध नपिउने- ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ।

 

 

प्रशस्त पानी पिउने – लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ।

 

 

लसुन पानी-बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ।

 

 

खाना समयमा खाने- ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।