घरको छतबाट खसेर एक महिलाको मृत्यु

काठमाडौँ । कैलालीको वनखेतमा घरको छतबाट खसेर एक कामदार महिलाको मृत्यु भएको छ ।

 

शनिबार स्थानिय गिता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका – ६ लालपुर बस्ने ३७ बर्षीय बसन्ती देवी जैसीको छटबाट खसेर मृत्यु भएको हो ।

 

काम गर्ने क्रममा छतबाट खसेर गम्भिर घाईते जैसीलाई सुरुमा पदमा अस्पतालमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो । उनको सेती अस्पतालमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।