आज सुनको मूल्य एक हजारले बढ्यो

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले उकालो चढेको छ । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको हो ।

 

आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले बृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएको छ ।

 

गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ ।