आइतबार सेयर बजारमा नयाँ रेकर्ड, २१ अर्बको कीर्तिमानी कारोबार

काठमाडौं । आइतबार सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । आज सेयर कारोबार रकम २१ अर्बको ऐतिहासिक रेकर्ड बनाएको हो ।

 

यसअघि दैनिक कारोबार २० अर्ब रुपैयाँ भन्दा धेरै पुगेको थिएन । उक्त रकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको । आज शेयर बजार परिसूचक मापक नेप्से भने ओरालो लागेको छ । आज नेप्से २४ दशमलव ८८ अङ्कले घटेर तीन हजार एक सय ५४ दशमलव शून्य तीन विन्दुमा झरेको हो ।

 

आज दुई सय २२ कम्पनीका तीन करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएका छन् । यो नेपाली शेयर बजारको इतिहासमा एक दिन भएको सबैभन्दा उच्च कारोबार हो ।

 

आज सबैभन्दा धेरै नेपाल बैंकको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रोको शेयर सबैभन्दा धेरै साढे आठ प्रतिशतले घटेको छ । यस्तै रसुवागढी हाइड्रो, श्री इन्भेस्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रोलगायतको शेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

 

आज खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।