प्रेम सम्बन्धमा हुनुहुन्छ ? यस्ता कुराहरूमा अनिवार्य ख्याल राख्नुहोस्

काठमाडौं। तपाईको घर नजिकका आफन्तहरुले तपाईंले विवाह कहिले गर्ने त भनेर सोध्न थालिसक्नुभयो होला । यस्तो अवस्थामा पक्कै पनि तपाईं आफ्नो प्रेमी वा प्रेमिकासँग विवाहबारे कुरा गर्नुहुन्छ नै ।

 

 

यसबारे कुरा गर्दा उसको अनुहारमा एक्कासी परिवर्तन आयो अथवा हडबडाहड देख्नुभयो भने सचेत हुनुहोस्, तपाईंको प्रेमी वा प्रेमिका तपाईंसँग साँचो प्रेममा नहुनसक्छ ।

 

 

– यदि तपाईको प्रेमी वा प्रेमीकाले विवाहको कुरा गर्दा छल्न खोज्छ भने यो तपाईंका लागि राम्रो संकेत होइन ।

 

 

– उसको परिवारका सदस्यहरुसँग भेटाउन अथवा आफ्नो परिवारसँग भेट भन्दा मान्दैन अथवा यति छिटो किन, के हतार छ र भनेर टार्छ भने यसको मतलव ऊ विवाहका लागि तयार छैन भन्ने नै हो ।

 

 

 

– भविष्यको योजनाहरुबारे कुरा गर्दा खासै खुल्दैन अथवा त्यस विषयमा कुरै गर्न चाहँदैन त्यसो हो भने बेलैमा सम्हालिनुस्। यो सम्बन्ध लामो समय जानेवाला छैन ।

 

 

 

– साथीहरुको विवाहबारे कुरा गर्दा उनीहरुलाई अबुझ भन्छ र सँधै फ्री हुनुको बेग्लै मज्जा भनेर रमाउँछ भने पनि तपाईंहरुको सम्बन्ध लामो नहुनसक्छ । त्यसैले बेलैमा विचार पुर्‍याएकै राम्रो ।