कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । झापामा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

 

लक्ष्मीपुर-फूलबारी सडकअन्तर्गत बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा आइतबार राती पौने ९ बजे कारले स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार एक युवतीको मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार प्रदेश १-०१-०१२प१९४२ नम्बरको स्कुटीको पछाडी सवार सिरहाको लहान नगरपालिका घर भएकी सरस्वती मगरको घटनास्थलमै मृत्यु भएको छ।

 

स्कुटी चालक बाह्रदशी गाउँपालिका वडा नम्बर ७ की प्रमिता कार्की गम्भीर घाइते छिन्। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

 

फूलबारीबाट लक्ष्मीपुरतर्फ आउने क्रममा सोही दिशाबाट आएको प्रदेश १-०१-० ०१ च ७२७७ नम्बरको निजी कारले स्कुटीलाई ठक्कर दिएको थियो ।

 

प्रहरीकाअनुसार चालक इलाम जोगमाई गाउँपालिका वडा नम्बर २ का ३२ जंगबहादुर बस्नेतले मादक पदार्थ सेवन गरेर कार चलाएका थिए।

 

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।