अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिएको बताएका छन् ।

 

उनले सामाजिक सञ्जाल मार्फत अफगानिस्तानमा रहेका  नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताएका हुन् ।

 

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको उनको भनाइ छ । साथै उनले सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउने विश्वास दिलाएका छन् ।