अफगानिस्तानमा रहेका नेपालीको सकुशल छिटो उद्धार गर्ने सरकारको निर्णय

 

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सकुशल छिटो उद्धार गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै सो निर्णय गरेको हो।

 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने।’

 

यस्तै ‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र कुटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भुपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, प्रवक्ता कार्कीले भने ।