हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

 

यो सँगै प्रदेश प्रमुख राजेश झा अहिराज पदमुक्त भएका छन् । अहिरालाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

 

मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए। प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बिपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री थिए।