ब्राउन सुगरसहित चार युवा-युवती पक्राउ
काठमाडौँ । झापा बिर्तामोडका दुई भिन्न स्थानबाट ब्राउन सुगरसहित चार युवायुवती पक्राउ परेका छन् । मङ्गलबार दिउँसोतिर झापा प्रहरीले बिर्तामोडका दुई स्थानबाट ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो ।
हिजो बेलुका ४ बजे बिर्तामोड नगरपालिका–५ जात्रुबारीबाट २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, हिजो बेलुका ५ बजे बिर्तामोड–१ चारपानेबाट बिर्तामोड–१ कि वर्षीया देवी तामाङ र विर्तामोड–५ कि २१ वर्षीया सीता खतिवडा ब्राउन सुगरसहित पक्राउ परेका छन् । सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्रामसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।