जसपाको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक जारी

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक जारी भएको छ । काठमाडौको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ ।

 

हिजोको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो । सो राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति बारे प्रदेश स्तरीय अभिमुखी कार्यक्रम, समसामयिक राजनीतिक प्रस्ताव, सरकारमा सहभागी सम्बन्धमा, पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन र निरीक्षण, अवलोकन, अभिलेखिकरण गर्ने लगायतका आवश्यक कार्य गर्न सात सदस्यीय सचिवालय गठन गर्नेलगायतका एजेण्डा पनि रहेको थियो ।