दलाल पुँजीवादको सबैभन्दा ठूलो महल ढल्दा नागरिक चिन्तित हुनुपर्ने कारण छैन 

 नेपाली राजनीतिक क्षितिज दलाल पुँजीवादको सबैभन्दा ठूलो महलका रुपमा रहेको नेकपा ( एमाले ) दोस्रो पटक नेपाली धर्तीमा ढलेको छ । यो महल २०५४ साल फाल्गुन २१ गते पहिलोपटक ढलेको छ ।यो महल दोस्रो पटक यही २०७८ भदौ १ गते ढलेको छ ।
 
 
 
यो महल पहिलोपटक ढल्दा त्यसबाट बाहिर निस्कन सफल भएकाहरुले नेकपा ( माले ) नामको नयाँ पार्टी गठन गरेका थिए , भने यश पाला यो महल ढल्दा त्यसबाट बाहिर निस्कन सफल भएकाहरुले नेकपा ( एकीकृत समाजवादी ) नाम दिएका छन् । 
 
 
केही राजनीतिक विश्लेषकहरुले एमालेरुपी नेपाली धर्तीमा उब्जिएको दलाल पुँजीवादको सबैभन्दा ठूलो महल ढलेपछि नेपाली नागरिकहरु धेरै चिन्तित भएको र यसको ढलाइले नेपाली राजनीतिमा ठूलो दूरगामी असर पार्न सक्छ भनेर विश्लेषण गर्न थालेका छन् । 
 
 
 
 
   
तर यो विश्लेषण गलत छ , किनभने यो नेपाली धर्तीमा बलिया जरा गाडेर खडा भएको नेपालको सबैभन्दा ठूलो दलाल पुँजीवादको कालो तथा महाभ्रष्टहरु बसेर नेपाली जनताको अरबौ सम्पत्तिमाथि लुटपाट मच्चाउँदै आएका , नेपालका नदी – नालाहरु भारतलाई महाभ्रष्ट , अपराधी तथा विदेशी दलालहरु बस्ने र राष्ट्रलाई बेच्ने देशद्रोहीहरु बस्ने एमालेरुपी महल नेपाली धर्तीमा ढल्दा खेरी नेपाली नागरिकहरु चिन्तित हुनुपर्ने कुनै कारण छैन । बरु खुसियाली मनाउनु पर्छ नेपाली नागरिकहरुले।
   
 
 
 
 
मदन कुमार  भण्डारी , माधवकुमार नेपाल , झलनाथ खनाल हुँदै केपी  ओलीसम्म आइपुग्दा नेकपा ( एमाले ) नाम दिइएको पार्टी र त्यसका नेताहरुले देश र जनताका लागि कतिसम्मको अपराध गरे , देश र जनतालाई कहाँसम्मको धोका दिदै र गध्दारी गर्दै आए , यो सानो लेखमा सबै हिसाब किताब गरेर साध्य नै छैन् , नेपाली जनता नै काफी जानिफकार छन् नै। 
   
 
 
 
विश्व सर्वहारा वर्गका नेता तथा चिनिया कम्युनिस्ट पार्टीका नेता कमरेड माओले भन्नुभएको छ , ” सही विचार छ , सबैथोक छ , विचार छैन  भने केही छैन ।
 
 
 
कमरेड माओले भन्नुभए झै माले – एमाले हुदै एमालेले नेपाली क्रान्तिको तत्कालीन मार्ग निर्देशन सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओविचारधारा छोड्यो र मदनकुमार भण्डारीले अगाडि सारेको ” बहुलवाद ” आधारित पुँजीवादी संसदीय विचारलाई आफ्नो बनायो ।
 
 
 
 
उसले सिध्दान्तको रुपमा मान्दै आएको ” जनताको बहुदलिय जनवाद ” संसदीय व्यवस्थाको दार्शनिक आधार हो । यसकै आधारमा एमालेले पार्टीलाई संसदीय भाषामा ढाल्दै आयो । उसले संसदीय व्यवस्थालाई आफ्नो कार्यदिशा बनायो । 
       
 
 
 
३०५१ सालको मध्यावधि चुनावदेखि एमालेलाई पार्टी र उसका नेता , कार्यकर्ताहरुलाई संसदीय व्यवस्थामा छिरायो र पुरै भ्रष्टिटिकरणमा होम्यो। एमालेले नै कम्युनिस्ट पार्टी कै नाम र झण्डामुनि बसेर पहिलो पटक पजेरो , प्राडो संस्कृति भित्र्यायो । उसले नै पार्टी भित्र र राज्य भित्र महल संस्कृति भित्र्यायो ।
     
 
 
 
 
यतिमात्र होइन , एमालेले आफूलाई संसदीय व्यवस्थाको विकृति र विसंगतिको आहालमा डुबाई सकेपछि गाविस स्तरका  नगर पालिका स्तरका , जिविस स्तरका र संसद स्तरका आफ्ना निर्वाचित नेता , कार्यकर्ताहरुलाई कसरी पैसा कमाउँने?
 
 
 
 
कसरी राष्ट्रिय सम्पत्तिमाथि , जनताको सम्पत्तिमाथि ब्रह्मलुट र लखनउ लुट मच्चाउने ? भन्ने स्कुलिङ  गर्दै आयो र केन्द्र देखि स्थानीय स्तरका आफ्ना नेता – कार्यकर्ताहरुलाई कसरी भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने भन्ने स्कुलिङ गर्दै आयो। जसका कारण २०५१ सालदेखि यता २०७८ सालसम्म २७ वर्षसम्म दर्जनौं पटक सरकारमा गयो ।
 
 
 
 
कहिले आफ्नै पार्टीको बहुमत सरकार त , कहिले राप्रपा , काँग्रेस , माओवादीहरुसित मिलेर केन्द्रीय सरकार सञ्चालन गर्दै आयो भने पछिल्लो अबधिमा प्रदेश स्तरमा र त्यो भन्दा पहिले करीब २५ वर्षको अबधिमा स्थानीय निकायहरुमा कहुमतका आधारमा शासन सञ्चालन गर्दै आयो ।
     
 
 
 
यी सबै अबधिमा एमालेले आफ्ना नेता ,कार्यकर्ताहरुलाई भ्रष्टिकरणमा रुपान्तरण गराउँदै लग्यो । उसले देशलाई बेचेर हुन्छ कि ? मुलुकको सम्पतिमाथि ब्रह्मलुट , लखनउ लुट गरेर हुन्छ ? जसरी पैसा कमाऊ, चुनाव जित , खाऊ , कमाऊ , लुट , मोजमस्ति गर ।
 
 
 
 
 
अर्थात् देशलाई र चुनाव जितेर आऊ , सत्ता चलाऊ भन्ने स्कुलिङ गर्दै आयो , जसका कारण २७ वर्षको अबधिका चरम भ्रष्टाचार गर्ने , कर्मचारीहरुलाई साथमा लिएर राष्ट्रको सम्पत्ति दिनहाडै लुट्ने , नेपाली जनताको सम्पत्ति लुट्ने एक जना पनि आफ्ना नेता – कार्यकर्ताहरुलाई कार्वाही गरेको एउटा पनि प्रमाण छैन । 
     
 
 
 
 
राष्ट्रको सम्पत्ति लुटेर , जनताको सम्पत्ति लुटेर एमालेले आफ्ना नेता – कार्यकर्ताहरुलाई अरबपति , खरबपति बनाउँदै आएको छ र अरबपति खरबपति हुन नसकेका आफ्ना नेता कार्यकर्ताहरुलई कुनै पनि स्तरको चुनावमा टिकट नै दिदैन। 
     
 
 
 
यस प्रकारका महाभ्रष्ट , अनैतिक , देश बेचुवा अपराधीहरु बस्ने गरेको एमालेरुपी दलाल पुँजीपतिहरुको महल ढल्दाखोरी जनता चिन्तित हुनुपर्ने कुनै कारण छ‌ैन , बरु खुसी हुनुपर्छ ।
 
 
 
 
किनकि एमालेले नेपाली कम्युनिस्ट आन्दोलन संसदीय व्यवस्था र संसदीय संस्कृति भित्र्याएका कारण कम्युनिस्टका नाममा सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदूषित तुल्याउँदै आएको छ ।
 
 
 
 
यस्तै यस्तै प्रक्रियाबाट एमालेको विघटन हुन र नेपाली कम्युनिस्ट आन्दोलनबाट यसको विलीपीकरण हुन जरुरी छ । यो पार्टी नेपाली धर्तीमा जति दिनसम्म खुट्टा टेकिरहन्छ , उति नै देश र जनतालाई घाटा र नोक्सानी पुग्दछ ।
 
 
 
 
केपी ओलीको ३ बर्वे कार्यकालमा राष्ट्रिय स्तरमा ६ अर्ब र प्रदेश तथा स्थानीय स्तरमा २० अर्ब भ्रष्टाचार गरेको प्रमाण हालै सार्वजनिक गरिएको महालेखा परिक्षकको रिपोर्टले पुष्टि गरिदिएको छ । 
     
 
 
 
यो सरकारी तथ्यांक बाहेक एमालेले २७ वर्षको अबधिमा खरबौको राष्ट्रिय सम्पत्तिमाथि भ्रष्टाचार गरिसकेको छ । यसले माओवादी आन्दोलनबाट आएको प्रचण्ड समुह नेता , कार्यकर्ताहरुलाई महाभ्रष्ट बन्न सिकाएको छ ।
 
 
 
 
त्यही सिकेर त्यसकै लाभ गरेर नै प्रचण्ड समुह एमाले भित्र छिरेको थियो । प्रचण्डको सिफारिसमा  गृहमन्त्री बनेका राम बहादुर थापा ” बादल ” गृहमन्त्री रहेका बखत करोडौं भ्रष्टाचार गरेको तथ्यांक महालेखा परिक्षकको प्रतिवेदनद्वारा सार्वजनिक गरिएको छ । 
   
 
 
 
यिनै तमाम कारण नेपाली समाजमा कम्युनिस्टको नाममा ऐजेरु बनिरहेको एमालेले दलाल पुँजीवादको ठूलो र कालो महल ढल्दाखेरी नेपाली जनता चिन्तित हुने कुनै कारण  छैन ।
 
 
 
 
किनकि प्रकृतिमा ” बादल न फाटी घाम लाग्दैन ” । त्यस्तै नेपाली कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा रुपान्तरण गर्नका निम्ति ढिलो चाँडो एमालेको विलोपीकरण हुन अनिवार्य छ । 
 
 
  
( लेखक वरिष्ठ माक्र्सवादी लेखक एवं राजनीतिक विश्लेषक हुन् )