सधैको लागि अस्ताए जनगायक टुहुरे !

काठमाडौँ । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । बयोधा अस्पतालमा उपचार लागि भर्ना भएका ७८ वर्षिय टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको हो ।

 

 

उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो। गत मंगलबार उनलाई मष्तिष्कघात भएको थियो।

 

उनको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो १ देखि २ बजेसम्म पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिनेछ। त्यसपछि अन्तिम संस्कारको लागि उनको शव पशुपतिमा लगिने छ।