भालुको पित्तसहित एकजनालाई पक्राउ

काठमाडौँ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् ।

 

 

उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।