सभापतिको उम्मेदवार चयन गर्न पौडेल पक्षको बैठक बोहोटारमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ । मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्न लागेको हो ।

 

 

पौडेल पक्षबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्ने तयारी छ । तर पौडेल पक्षमा सभापतिका लागि चार नेता आकांक्षी छन् ।  पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दाबी गरेका छन् ।

 

 

नेताहरुबीच सहमतिमा उम्मेदवार चयन गर्न निरन्तर छलफल भइरहेपनि सहमति भने जुट्न सकेको छैन ।