सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेन, मन्त्रिपरिषद् विस्तार गर्न अझै समय लाग्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

 

 

आजको बैठकमा सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल भएको थियो । तर, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष भने निस्किएन ।

 

 

सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै गारो परेको छ । त्यसैका कारण मन्त्रिपरिषद् विस्तार पनि टाढिँएको छ ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए।