बाग्मतीका १२ सांसदले छाडे एमाले, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडाैँ । बाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा पुगेर १२ जना सांसदले एमाले छाडेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् ।

 

 

राजेन्द्र पाण्डे,राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल, कृष्ण खनाल लगायतका सांसदहरूले एमाले छाडेका छन् ।

 

 

यस्तै उनीहरूले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यो सँगै उनले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन्।