लुम्बिनी प्रदेश सभाको बैठक भदौ ३० गतेसम्म स्थगित

काठमाडौँ ।  लुम्बिनी प्रदेश सभा बैठक भदौ ३० सम्मका लागि स्थिगित भएको छ ।  प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक-पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पनि पुनः भदौ ३० सम्मका लागि स्थगित भएको हो ।

 

 

भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।