प्रदेश १ मा नयाँ सरकार बनाउन विपक्षी गठबन्धन जुट्यो छलफलमा

काठमाडौँ । प्रदेश १ मा बहुमत कायम गरेको विपक्षी गठबन्धनले नयाँ सरकार गठनबारे तयारी थालेको छ। सत्तारूढ एमालेका १० जना सांसदले एकीकृत समाजवादी दल रोजेलगत्तै प्रदेश १ मा बहुमत कायम गरेको विपक्षी गठबन्धनले नयाँ सरकार गठनबारे तयारी थालेको हो।

 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्च सम्मिलित प्रदेशको विपक्षी गठबन्धनले आगामी रणनीति तय गर्न आजदेखि छलफल थालेका हुन्।

 

 

अहिले विराटनगरमा पाँच दलीय गठबन्धनको बैठक सुरू भएको छ। १० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि एमाले नेता भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।