न्यायाधीशको गाडीले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं। जिल्ला अदालत मोरङका न्यायाधीशको गाडीले ठक्कर दिँदा अदालत परिसरभित्रै एक महिलाको मृत्यु भएको छ ।

 

 

न्यायाधीश ईश्वर पराजुली चढ्ने बा१४च ६०१६ नम्बरको कारले ठक्कर दिँदा मंगलबार साँझ ४२ वर्षीया महिलाको मृत्यु भएको हो ।

 

 

मृत्यु हुनेमा अदालतभित्र क्यान्टिन चलाइरहेकी ४२ वर्षीया लक्ष्मी दाहाल रहेकी छन् ।

 

 

न्यायाधीश पराजुलीका अंगरक्षक विन्दकुमार सिंहले कार सिक्ने क्रममा ती महिलालाई ठक्कर दिएका थिए । कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

 

सिंहसँग लाइसेन्स छैन। लाइसेन्स बेगरै सवारी चलाएर दुर्घटनामा परी कुनै व्यक्तिको मृत्यु भए, सवारी चालक र सवारी धनीमाथि सवारी ज्यान मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ।

 

 

सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।