भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौँ । संखुवासभामा मकालु गाउँपालिका-३ सम्माटारमा भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

 

 

उत्तर दक्षिण कोशी राजमार्गमा को ज१क४१२ नम्बरको भ्याकुलोडर दुर्घटना हँदा सहचालक खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सङ्खुवाभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

 

 

भ्याकुलोडर सडकबाट अन्दाजी सय मिटर तल खसेको छ । निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गको मकालु-३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्सनको भ्याकुलोडर दुर्घटना भएको हो । मृतक सहचालक विक यस अघि ट्रयाक्टर चालक थिए । विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइँदैछ ।