तीन वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडाैँ । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भई विगत तीन वर्षदेखि फरार रहँदै आएका पर्साको पर्सागढी नगरपालिका–५ निवासी ४८ वर्षीय मदन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा १५ भदौ २०७५ देखि फरार रहँदै आएका मिश्रलाई गएराति पर्सागढी नगरपालिका(२ बगवानाबाट प्रहरीले पक्राउ गरेको हो ।

 

 

कीर्ते मुद्दामा दोषी ठहर गर्दै पर्सा जिल्ला अदालतले १ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला कार्यान्वयन नगरी मिश्र आफ्नै गाँउठाउँमा लुकिछिपी बसिरहेको सूचनाको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डले जानकारी दिए । पक्राउ परेका मिश्रलाई जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको छ ।