जाजरकोटमा दुई बालबालिकामा दादुराको संक्रमण पुष्टि,के हो दादुरा ?

काठमाडौं।नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् ।

 

 

 

भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए ।

 

 

बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो ।

 

 

 

 

खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरा, क्षयरोग र पोलियोजस्ता रोगको संक्रमण देखिनसक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

 

 

 

 

गत वर्ष ललितपुर, सर्लाही, झापा र धादिङमा १ सय २५ जनामा दादुराको संक्रमण पाइएको थियो । त्यसअघि सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४ सय ३० रहेको थियो ।

 

के हो दादुरा

यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो रोगले सामान्यतस् बालबालिकालाई बढी प्रभावित गर्छ । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो ।

 

 

डब्लूएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

 

 

उच्च कुपोषण र पर्याप्त स्वास्थ्य स्याहारको कमी भएको जनसंख्यामा दादुरा मृत्युको १० प्रतिशतसम्म कारक हुन सक्छ ।

 

गर्भावस्थामा दादुराबाट संक्रमित भएका महिलाहरू यसका कारण समयपूर्व प्रसूति, गर्भपतनजस्ता जोखिममा हुन्छन् ।

 

 

दादुराको संक्रमण भएर निको भएका व्यक्तिहरूलाई बाँकी जीवनभर यो संक्रमणले दोहोर्‍याएर छुँदैन । अर्थात्, उनीहरू दादुराप्रतिरोधी हुन्छन् ।

 

कसरी फैलिन्छ 

 

 
दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ ।

 

 

मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कण ९ड्रपलेट० ले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्छन् ।

 

 

दादुरा रोगीसँगको प्रत्यक्ष सम्पर्क वा हावाका माध्यमले फैलिन्छ । रोग प्रभावित व्यक्तिको नजिक भइरहने वा खकाररथुकरसिँगानको प्रत्यक्ष सम्पर्कमा आउनेहरूलाई यो संक्रमण हुन सक्छ । दादुराको भाइरसले सास नलीलाई संक्रमित गर्छ । यसपछि सम्पूर्ण शरीरमा फैलिन्छ ।

 

 

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा। गुणनिधि शर्माका अनुसार, ज्वरो आउनुभन्दा एक दिनअघिदेखि नै संक्रमित व्यक्तिले रोग सार्न सक्छ । शरीरमा बिमिरा आएको पाँच दिनसम्म रोग सर्ने सम्भावना सबैभन्दा बढी हुन्छ ।

लक्षण

दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो । यो ज्वरोको सुरुआत दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।

 

 

 

दादुराले छोएपछि थकान, रुघा–खोकी हुने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतस् अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ ।

 

 

 

बिमिरा तीन दिनपछि फैलिन्छ र हात खुट्टामा समेत देखिन थाल्छ । यस्तो बिमिरा पाँच–छ दिनपछि आफैं फोस्रिँदै जान्छ ।

 

 

दादुराले निकै सताउँदै गए फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या हुन थाल्छ । उपचार नभए अन्ततस् रोगीको मृत्युसम्म हुन सक्छ ।

 

 

डब्लूएचओका अनुसार, यो संक्रमणले हुने जटिलता पाँच वर्षमुनिका बालबालिका र २० वर्ष माथिकाहरूमा देखिन्छ ।

 

 

अन्धोपन, इन्सेफलाइटिस (मस्तिष्क ज्वर), कडा झाडापखाला, कानको संक्रमण, निमोनिया, सास नली र फोक्सोको नलीमा संक्रमण दादुराको सबैभन्दा गम्भीर जटिलता हो ।

 

 

एक लाख बिरामीमध्ये करिब चार जनालाई यो रोग निको भइसके पनि केही समयपछि इन्सेफलाइटिस हुने सम्भावना रहने डा। शर्मा बताउँछन ।

 

उपचार

डब्लूएचओका अनुसार, दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरूलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ ।

 

 

राम्रो पोषण, पर्याप्त तरल पदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल (ओरल रिहाइड्रेसन साल्ट) का माध्यमले उपचार गरिन्छ ।

 

 

 

जीवनजलले पखाला र वान्ताका कारण शरीरबाट निस्किएको तरल पदार्थको परिपूर्ति गर्छ । आँखाको संक्रमण र निमोनियाको उपचार गर्न एन्टिबायोटिकसमेत दिइन्छ ।

 

 

 

विकासशील मुलुकमा दादुरा पहिचान गरिएका सबै बालबालिकालाई भिटामिन ‘ए’ को दुई मात्रा २४ घण्टाको फरकमा खुवाउनुपर्छ । भिटामिन ‘ए’ को खुराकले दादुराबाट हुने मृत्युलाई ५० प्रतिशतसम्म घटाउने देखिएको छ ।