३ वर्षीया बालिका झाडीमा मृत फेला

काठमाडौँ । शनिबार बिहानदेखि बेपत्ता भएकी गुल्मीको बाँझकटेरी गाउँकी तीन वर्षीया बालिका आइतबार बिहान मृत फेला परेकी छन् । मदाने गाउँपालिका–२ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेकी हुन् ।

 

 

हिजो बिहान ११ बजे सम्म घर मै खेलिरहेको र त्यस पछि बेपत्ता भएकी उनलाई आइतबार स्थानीय र पुर्कोदह ईलाका प्रहरी कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा घर देखि करिव ५ सय मिटर दुरीमा पर्ने झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतमप्रसाद पाण्डेले बताए ।

 

 

यहाँबाट इन्सपेक्टरको कमान्डमा प्रहरी टोली पुग्दैछ, त्यहाँ पुगे पछि मात्र थप विवरण आउने छ,ु उनले भने । उनका अनुसार मृतक बालिकाका बाबु विदेशतिर भएको र आमा घर मै थिइन् ।