नेपालमा थप १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ सय ६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ सय ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।