एमसीसी सम्झौता कुनै हालतमा लागु हुन दिन्नौँ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने सो सम्झौता कुनै हालतमा लागु हुन नदिने बताएका छन् । सोमबार एमसीसीविरुद्ध अयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी नेपालको राष्ट्रिय हित विरुद्ध र अमेरिकाको सुरक्षाका पक्षमा भएको बताए ।
उनले अहिले नेपालमा एमसीसीविरुद्ध भएको आन्दोलन एउटा झिल्को मात्रै भएको पनि बताए । ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’, विप्लवले देशको माया हुने सवै नेपाली जनतालाई एकजुट हुन आव्हान गरे ।
अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनले बताए । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए ।