एमाले सुदूरपश्चिम इञ्चार्ज म नै हुँ : लेखराज भट्ट

काठमाडाैँ । नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश इञ्चार्ज भएको बताएका छन् । मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै सुदूरपश्चिम प्रदेश पार्टीको इञ्चार्ज भएको बताएका हुन्।

 

 

 

‘मलाई अध्यक्षज्यूले तपाईं नै प्रदेशको इञ्चार्ज भनेको हो,’ उनले भने, ‘भीम रावललाई संयोजन गर्ने जिम्मेवारी हो, मेरो भीम रावलसँग कुनै मतभेद छैन।’ उनले आफूलाई पार्टीले प्रदेश इञ्चार्जको जिम्मेवारी दिएकाले भ्रममा नपर्न आग्रह गरे।