ज्वरो आएको छ ? ज्वरो कम गर्ने यस्ता छन् घरेलु उपायहरु

काठमाडौं। ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई आवश्यक सामान्य तापक्रम मानिन्छ ।

 

शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै ज्वरो भनिन्छ । ज्वरो भन्नाले शरीरको ताप्रक्रम बढ्नु वा हो ।

 

 

कुनै कारणबस जब तपाइँको शरीरमा कुनै ब्याक्टेरिया वा भाइरसले आक्रमण गर्दछ तब तपाइँको शरीर भित्र भएको इम्युनिटीले ती ब्याक्टेरिया वा भाइरसहरुलाई मार्न युद्द गरिरहेको हुन्छ।

 

 

तर समय र परिस्थिति अनुसार केही क्षणलाई शरीरको तपक्रम बढेको पनि हुन सक्छ जसलाई ज्वरो नमानिने पनि हुन् सक्छ ।

 

जस्तै निकै गर्मिमा हिड्नेको बेला, दौडिएको बेला, ब्यब्याम गरेको बेला वा कुनै बेला ९९.५ डिग्री फरेनहाइट देखि १०० डिग्री फरेनहाइट सम्म पुग्न सक्छ तर पछि आफैं नर्मल हुनेछ। यस्तो भए पुन चेक गरी ज्वरो आएको हो वा होइन भनेर छुट्याउन सक्नु हुनेछ।

 

ज्वरो आउनुको कारण

 

–इन्फेक्सन हुँदा

 

–भाइरल फ्लु हुँदा

 

–भाइरल रोग हुँदा

 

–डेंगू रोगको लक्षण हुँदा

 

–डेंगू मच्छरले टोक्दा

 

– मलेरिया हुँदा

 

–निमोनिया हुँदा

 

–टाइफाइड हुँदा

 

–बर्डफ्लु हुँदा

 

–निर्जलीकरण हुँदा

 

–कुनै अंगमा दुखाई बढ्दा

 

–रुघा-खोकी लाग्दा

 

–इबोला भाइरस हुँदा

 

–कुनै अंगको अप्रेसन गर्दा

 

-ज्वरो हटाउने घरेलु उपायहरु

 

-मेथी भुटेर खाने ।

 

-हर्रा-बर्रा पोलेर, वा हल्का तातो बनाई खाने ।

 

-तातोपानीमा चिराइतोको रस बनाएर पिउने ।

 

-मरिच पानी पिउने ।

 

-अलैंची, ल्वांग, पाखन्वेद खाने ।

 

-लसुन खाने (पोलेर वा पानीमा उमालेर)।

 

-अदुवा, लसुन, बेसार, तुलसीको पात उमालेर पिउने ।

 

-ल्वांग, चिराइतो पिसेर मिसाई दिनको दुई पटक तातो पानीमा पिउने (चिराइतो नभए ल्वांग मात्रै) ।

 

-चना उमालेर खाने ।

 

-मेथीको सागमा लसुन, अदुवा मिसाई उमालेर खोले जस्तो बाक्लो बनाएर खाने ।

 

-निमको पात लाई पिसेर उमालेर सेवन गर्ने ।

 

-अदुवा, लसुन पकाएर मन तातो हुने गरी सेलाए र मह मिसाई पिउने ।

 

-तातो पानी प्रसस्त पिउने ।

 

-तातो-बाक्लो दाल, चना प्रसस्त खाने ।