आज सुनको मूल्यमा वृद्धि,कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

 

 

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।