परीक्षा दिन हिँडेका नक्कली विद्यार्थी पक्राउ

काठमाडौं।प्रहरीले एकजना नक्कली विद्यार्थी पक्राउ गरेको छ । आजबाट सुरु भएको कक्षा १२ को परीक्षा दिने नक्कली विद्यार्थी पर्साबाट पक्राउ परेका हुन् ।

 

 

प्रहरीका अनुसार पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

 

 

सन्दीप दासको ठाउँमा २० वर्षीय रामचन्द्र दास परीक्षा दिन आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।