ल्याइदिएको खोप वितरण गर्न नसक्ने देउवा सरकारको अरू के आश गर्नु : अध्यक्ष ओली

काठमाडौं।एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड १९ विरुद्धको खोप वितरण गर्न नसकेको आरोप लगाएका छन् ।

 

 

कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

 

 

 

बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोखे ।

 

 

 

‘खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्‍यौं । करोडौं खोप ल्यायौं ।

 

 

अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,’ उनले भने, ‘मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजाने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ ।

 

 

आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो ।