जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं। रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

 

 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएकामध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ।

 

 

 

अन्य दुई जनाको सनाखत हुन सकेको छैन।दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ।