आमा-छोरालेसँगै दिए कक्षा १२ को परीक्षा

काठमाडौं। देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ। कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुन नसकेको परीक्षा बुधबारबाट सञ्चालन आएको हो।

 

 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेपछि कक्षा १२ को परीक्षा आमा छोराले सँगै दिएका हुन्।

 

 

जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालय टाटामाखुबाट परीक्षाको पहिलो दिन आमा छोराले सँगै परीक्षा दिएका छन्।

 

 

३६ वर्षीया आमा टीकाकुमारी भण्डारी र उनका १८ वर्षीय छोरा दिनेश भण्डारीले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत लिइने कक्षा १२ को परीक्षा दिएको विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले फोनमार्फत् जानकारी दिए।

 

 

टीकाकुमारी भण्डारी परीक्षाको तयारीमा निकै व्यस्त छिन्। घरधन्दाका कामकाजसँगै उनलाई अहिले पढाइको चटारो थपिएको छ।

 

 

उनले भनिन्,बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ।

 

 

पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै रैनादेवी माविमा आफूले १८ वर्षका छोरासँगै परीक्षा दिन लागेको बताइन्। आमा, छोराले नयाँ पुस्तासँग परीक्षा दिँदा पढाइको महत्व कति छ भनेर झन् स्पष्ट पारेको छ।