आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

काठमाडौं।दाङको घोराहीमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेको छ ।

 

५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

 

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो ।

 

 

 

सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।