नेपालमा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि,थप १० जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

 

यस्तै ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ।

 

 

मन्त्रालयका अनुसार आज थप १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ११ हजार १२ पुगेको छ ।

 

 

 

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ ।

 

 

 

संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् ।हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।