जोरपाटीबाट ५ लाख नगदसहित २० जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।गोकर्णेश्वर नगरपालिका ५ चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

पक्राउ पर्नेहरूमा केही महिला पनि रहेकाे प्रहरीले जनाएकाे छ।जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई गए राति ११ बजे पक्राउ गरेको हो ।

 

 

पक्राउ परेकाहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको प्रहरीले जनाएको छ ।