बाजुराकी काङ्ग्रेस नेत्री विद्या तिमिल्सिनाले १४ औं केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा

बाजुरा ।  नेपाली काङ्ग्रेस बाजुराकी नेत्री विद्या तिमिल्सिनाले १४ औं केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवार घोषणा गरेकी छन् ।

 

 

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहेकी नेत्रीले २०५६ मा नेपाल विद्यार्थी संघको क्रियाशिल सदस्य लिए पश्चात् सक्रिय रूपमा राजनीतिमा होमिएकि हुन् ।

 

 

 

वि.स.२०५६ मा पद्मकन्या क्याम्पस काठमाडौमा ने.वि.सं. उपसभापति रहेकी नेत्री नेपाल साँस्कृतिक संघको केन्द्रिय सदस्य समेत भैसकेकि छन् भने वि. स. २०६५ मा ने. वि. सं.बाजुरा काठमाडौ सम्पर्क समिति कोषाध्यक्ष २०६४ मा रहेकी तिमिल्सिना काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा केन्द्रीय प्रतिनिधिका साथै २०७४ मा भएको प्रतिनिधि सभाको चुनावमा केन्द्रीय समानुपातिक सदस्यको उम्मेदवार रहेकी थिइन् ।

 

 

 

जिल्ला आमन्त्रित सदस्य रहेकी तिमिल्सिना प्रजातान्त्रिक महासंघ महिला केन्द्रीय सदस्य र नेपाली काङ्ग्रेस केन्द्रीय जनसम्पर्क समन्वय विभाग सदस्य छन् ।

 

 

 

तिमिल्सिना जिल्लादेखि केन्द्रसम्मका सम्पूर्ण नेताकार्यकर्तासँग समधुर सम्बन्ध र सक्रियता रहदै आएको छ । विभिन्न सामाजिक कार्यमा समेत उहाँकाे संलग्नता रहदै आएको छ ।