नेपालमा थप १,०६६ जनामा कोरोना संक्रमण पुष्टि,थप १६ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १,०६६ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जनामा संक्रमण देखिएको हो । यस्तै २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

यस्तै आज थप १,२३४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ ।

 

 

शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।