पहिलो खेलमै फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं। एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको हो ।

 

 

 

सुरुवाती गोल गर्दै ८९ मिनेटसम्म अग्रता लिएको नेपाललाई फिलिपिन्सले २—१ गोलले पराजित गर्‍यो।

 

 

 

खेलको पहिलो हाफमा विमला चौधरीको गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो।८९ मिनेटमा फिलिपिन्सकी तेन्नइ एनिसले बराबरी गोल फर्काएकी थिइन्।

 

 

 

दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा फिलिपिन्सकी क्यामेली विल्सनले गोल गरेपछि नेपाल स्तब्ध बन्यो।

 

 

 

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ। नेपालको समूहमा फिलिपिन्ससँग‍ै हङकङ पनि छ।