टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपालको चितवन जिल्ला कार्यसमिति गठन

काठमाडौं।नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको जिल्ला भेलाले टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा एघार सदस्यीय जिल्ला समिति चितवन निर्माण गरेको छ।

 

 

कार्यसमिति उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ्ग, सचिव रामु आचार्य , सह- सचिव सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ्ग चयन भएका छन्।

 

 

सदस्यहरुमा ,डिलकुमारी नेपाल ,मिलन चेपाङ्ग, कविता गायक ,शिवजी गायक, उषा श्रेष्ठ र शंकर श्रेष्ठ रहेको समितिका प्रमुख सल्लाहकार हरि प्रसाद अधिकारी रहेका छन्।

 

 

कार्यक्रममा प्रमुख अतिथि समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल र जिल्ला अध्यक्ष डा. कृष्ण पन्त लगायत नेता तथा पत्रकारहरुको उपस्थिति थियो।

 

 

भेलामा पत्रकार महासंघ चितवनमा निर्वाचित सदस्यद्वय बबिलाल तामाङ्ग र ज्ञानेन्द्र तामाङ्गलाई समाजवादी प्रेस संगठन नेपालले सम्मान समेत गरेको थियो।